पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ ।

केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन नउठाएको पूर्ववत् एमालेका केन्द्रीय सदस्यहरू बताउँछन् । सचिवालय सदस्य वामदेव गौतमको प्रस्तावअनुसार विधानमा यस्तो व्यवस्था गरिएको नेताहरू बताउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्‍याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका÷नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए ।

विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो । पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको उच्च स्रोतले बतायो ।,यो खबर आजकोअन्नपुर्ण पोष्टम छ ।