झापा । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको आइतबार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ७ निवासी लोकबहादुर श्रेष्ठका ७ वर्षीय छोरा अभिषेक श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार भद्रपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको स ३ प २७९६ नम्बरको मोटरसाइकलले बिर्तामोड ८ स्थित स्कुल डाँडा छेऊमा सडक काटर्दै गरेका बालक श्रेष्ठलाई ठक्कर दिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। यता मोटरसाइकसहित मोटरसाइकल चालक बिर्तामोड ४ निवासी दीपेश गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ।