दाङमा एकै घरका दुई बालबालिकालाई सर्पले डसेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अस्वारा निवासी ४ वर्षीय झपेन्द्र विक र ११ वर्षीया अनिता विक सर्प दंशबाट बिरामी भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहानै घरको आँगनमा दिदी र भाइलाई करेत सर्पले डसेपछि उनीहरू गम्भीर बिरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

राप्ती अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारको लागि दुबै जना बालकलाई बाँकेको कोहलपुर मेडिकल कलेजमा ‘रेफर’ गरिएको प्रहरीले जानकारी दिएको छ।