नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को केन्द्रीय सचिवालय बैठक भोली बिहान ८ बजेसम्मका लागि सरेको छ । बैठक यसअघि आज सोमबार साँझ पाँच बजे बस्ने भनिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने नेकपाका एक नेताले जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा सरकार सञ्चालन, डाक्टर गोविन्द केसीको अनसन, सदनमा प्रमुख प्रतिपक्षी दल काँग्रेसको अवरोध लगायतका विषयमा छलफल हुनेछ ।

यसैगरी, पार्टीका प्रदेश, जिल्ला गाउँ/नगर कमिटी र जनसंगठनको एकताका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

केहीदिन अघि मात्र नेकपाले पार्टीको नियमावली पारित गरेको थियो । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा तीन महिनाभित्र सबै तहको एकता सक्ने भनिएको थियो ।

तर, नेताहरुले भनेको समय सकिन एक महिना मात्र बाँकी छँदा तल्लो तहको एकता प्रक्रिाय शुरु हुन सकेको छैन । एकताका लागि विभिन्न कार्यदल बनाएर काम अघि बढाइएको छ ।