काठमाडौं-नेपाल चिकित्सक संघले डा. गोविन्द केसीले उठाएका माग ७२ घण्टाभित्र पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ ।

यस अवधिभित्र माग पूरा नभए देशभरका अस्पतालमा अत्यावश्यकबाहेक सबै सेवा ठप्प पार्ने संघले चेतावनी दिएको हो ।संघले सोमबार आफ्नो केन्द्रीय कार्यालयमा आयोजित बैठकमा पूर्व तथा वर्तमान पदाधिकारीसँग केसीले उठाएका मागबारे छलफल गरेको हो ।छलफलपछि संघले सरकारलाई केसीले उठाएका माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघ अध्यक्ष मुक्तिराम श्रेष्ठले त्यस अवधिभित्र पनि केसीले उठाएका माग पूरा नभए आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनीसमेत दिए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।