दमक/अन्तर्राष्ट्रिय आप्रबासी संगठन आईओएमले आफ्ना पुराना बसहरु स्थानीय शैक्षिक संस्थाहरुलाइ दिन थालेको छ । यसैक्रममा दमक बहुमुखि क्याम्पसले समेत एउटा बस पाएको छ ।

दमक बहुुमुखि क्याम्पस सञ्चालक समिति सदस्य देउकुमार नेम्बाङका अनुसार मंगलवार क्याम्पसले बसको चाबी प्राप्त गरेको हो । यसले अब टाढाबाट आउने बिद्यार्थीलाइ सहज हुने उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस सञ्चालन सम्बन्धि कार्यबिधि बनाएर सञ्चालनमा ल्याइने समेत उनको भनाइ रहेको छ । नीजि क्याम्पसहरुले पहिलै देखि बस सञ्चालनमा ल्याउदै आएका छन् । आइओएमले यसभन्दा अगाडि दमकको हिमालय माबिलाइ पनि एउटा बस उपलब्ध गराएको थियो ।