मुखमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्दै गर्दा दुई जना विदेशी नागरिक मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक रइज अहमद र मोहम्मद अजाम छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विमानस्थल प्रहरीका उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अहमदको साथबाट १ सय १६ ग्राम र अजामको साथबाट १ सय ३९ ग्राम सुन बरामद भएको छ ।

मैनालीका अनुसार उनीहरुले जीब्रोमुनि लुकाएर सुन ल्याएका थिए ।

‘चेक हुने ठाउँमा अहमद प्रहरीसँग बोलेनन् । त्यसपछि शंका लागेर बाहिर निस्किएर हेर्दा उनको साथबाट सुन फेला परेको हो ।’

अहमद पक्राउ परेपछि उनलाई खोज्दै आउँदा अजाम पनि पक्राउ परेका हुन् । उनीहरुले बुद्ध एयरको उडानमार्फत नेपालगञ्ज जाने तयारी गरेका थिए ।

उनीहरु एयर अरवियाको उडानबाट शारजहाबाट नेपाल आएको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले मलद्वारामा लुकाएर ल्याउँदै गरेको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।