दमक/ झापा दमकका युवा ब्यवसायी, राजनीतिक एवं सामाजिक अगुवा युवा किरण भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी निकट बिद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक बिद्यार्थी संगठनको केन्द्रिय बिदेश बिभाग प्रमुखको जिम्मेवारी पाएकाछन् ।
संगठनका केन्द्रिय सदस्य रहेका उनलाइ बिभागिय प्रमुखको जिम्मेवारी दिइएको पत्र उनले पाएकाहुन् । संगठनका अध्यक्ष महेश बहादुर सिंहले उनलाइ बिदेश बिभाग प्रमुखमा नियुक्त गरेकाहुन् ।
दमकका लोकप्रीय युवा भण्डारी लायन्स क्लव अफ दमक स्टर्न लायनका पदाधिकारी हुन् । दमकमा सफल युवा ब्यवसायीको रुपमा समेत चिनिदै आएकाछन् । भण्डारीले यो जिम्मेवारीलाइ आफूले कुशलता पुर्वक निर्वाह गर्ने जनाए ।











