दमक÷/लायन्स क्लब अफ दमक, इष्टर्न लायनले सोमबार पाँचौं स्थापना दिवस मनाएको छ । क्लबका सदस्यहरुबिच एकापसमा शुभकामना आदनप्रदान र सामाजिक क्षेत्रमा लायन्सकर्मीहरुको भुमिकाका बिषयमा छलफल गर्दै स्थापना दिवस मनाइएको हो ।

क्लबका अध्यक्ष विमल शर्माको अध्यक्षता र रिजन चेयर पर्सन डा. प्रहर क्षेत्रीको प्रमुख उपस्थितीमा भएको कार्यक्रममा लायन्सकर्मीहरुले स्थानीय क्षेत्रमा गरेका सामाजिक तथा मानवीय सेवाका कार्यहरुको चर्चा गरिनुका साथै आगामी एक महिना इष्टर्न लायनले गर्ने विविध कार्यक्रमहरुबारे छलफल गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसरमा रिजन चेयर पर्सन क्षेत्रीले क्लबलाई निर्देशनात्मक मन्तव्य सहित शुभकामना राखेका थिए । सो अवसरमा इष्टर्न लायन अन्तर्गतको लियो क्लबको पनि सहभागिता थियो ।