विराटनगर– मोरङको कानेपोखरी जंगलमा लोड भएको एक थान भरुवा बन्दुक बरामद भएको छ।

कानेपोखरी नगरपालिका ५ जहदास्थित जनजागृति सामुदायिक वनबाट बन्दुक बरामद भएको प्रहरीले जनाएको छ। वन कार्यालयका कर्मचारीहरुले नयाँ बिरुवा रोप्न जंगल फाँड्ने क्रममा बन्दुक फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय पथरीले बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ। नेपाल लाइभ बाट