कैलाली, साउन २ । कैलालीको लम्कीचुहा नगरपालिका-१, लम्की बजारमा आज (बुधबार) बिहान दुर्इ वटा प्रेसर कुकर बम फेला परेका छन् ।

नगरपालिकामा रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको जानकारी दिए ।

प्रहरीले बम फेला परेको स्थानलाई अहिले घेरा हालेर राखेको छ । प्रहरी निरीक्षक जोशीले बम डिस्पोजका लागि गोरंगेस्थित नेपाली सेनालाई खबर गरिएको बताए ।