पर्वत — मंगलबार रातिको मुसलधारे वर्षापछि बढेको लस्ती खोलाले किनारमा गरेको कटानसँगै माथिबाट झरेको पहिरोका कारण जलजला–८ लस्तीका बमबहादुर परियार लगायत केही घर पुरिंदा ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बमबहादुरका १६ वर्षिय छोरा विकास परियार र अन्य ५ जनाको नामठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार साँझदेखिको मुसलधारे वर्षापछि बढेको लस्तीखोलाले कटान गर्दा लस्तीको बरेनेटा नजिकैको गाउँ नै पहिरोको चपेटामा परेको हो । राति करिव १ बजे खसेको पहिरोले बरेनेटाका अरु १६ घर पहिरोले पुरिएपछि त्यहाँका बासिन्दाहरु सुरक्षित स्थानतर्फ सरेका थिए । रातको समय भएकोले कतिजना बेपत्ता छन् भन्ने यकिन नभएको स्थानीयवासी दिपेश केसीले बताए ।

प्रभावित क्षेत्रमा गएरातीदेखि नै प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ । यस्तै सोही वडाको धाइरिङमा पहिरोले घर बगाउँदा ६ जना घाइते भएका छन् । स्थानीय भिमलाल आचार्यको घर पहिरोले बगाउँदा ६ जना घाइते भएका हुन ।