सरकारले सुत्केरी भत्ता दोब्बर बनाएको छ । आर्थिक वर्ष २०७५ ७६ को बजेट भाषणमा सरकारले यसअघि महिलाले पाउँदै आएको सत्केरी भत्ता दोब्ब बनाउने घोषण गरेको थियो ।
यसअघि सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भए हिमाली क्षेत्रमा १५ सय, पहाडी क्षेत्रमा एकहजार र तराईमा पाँच सय रुपैया यातायात खर्च दिने गरेको थियो ।
स्वास्थ्य सेवा विभागले मंगलबार माताहतका कार्यालयलाई पत्राचार गर्दै साउन १ गतेदेखि लागू हुने गरी सुत्केरी भत्ता दोब्बर वितरण गर्न गराउन भनेको छ ।










