काठमाडौं‍ । सरकारी कर्मचारीको भत्ता साउन १ गतेदेखी खारेज भएको छ । कर्मचारीले महँगी र स्थानीय भत्ता बाहेक अरु भत्ता पाउने छैनन् ।

गत वैशाख २६ गतेको मन्त्रिपरिषदले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले गरेको व्यवस्था अनुसार कर्मचारीको भत्ता कटौती भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही सरकारी कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुले दर्जनौ भत्ता पाउँदै आएका थिए । सरकारको निर्णयसँगै आजबाट त्यो सबै रोकिएको छ ।