काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुनःस्थापना राष्ट्रि जनजागर अभियानको शुभारम्भ गरेको छ। बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाको उपस्थितिमा जगतगुरु बालसन्त मोहनरण देवाचार्यले पानसमा बत्ती बालेर अभियानको शुभारम्भ गरेका हुन्। कार्यक्रममा अध्यक्ष थापाले घण्टी बजाएका थिए भने अन्य धार्मिक गुरुहरुले शंख बजाएका थिए।

पार्टीको गत जेठमा सम्पन्न केन्द्रीय परिषदको निर्णय अनुसार पार्टीले राष्ट्रव्यापी जनजागरण अभियानको थालनी गरेको हो। राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापनाका लागि देशव्यापी जनदबाब सिर्जना गर्न र जनमत बनाउन ‘हिन्दुराष्ट्र पुनःस्थपनाका लागि राष्ट्रिय जनजागरण अभियान सुरु गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बताए।