पूर्वी रुकुमको सिस्ने गाउँपालिका –५ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि कयौं घाइते भएको छन् । रुकुमकोटबाट सिस्ने गाउँपालिकाको धौलापैरामा जादै गरेको लु १ ज २५७३ नम्बरको जिप धारपानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटना परि मत्यु भएकाहरुको पहिचान हुन सकेको छैन् । नेपाली सेना, प्रहरी र स्थानीय घाइतेहरूकाे उद्दारमा जुटेका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ । वर्षायाममा बाटो चिप्लिएर जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिए छ । दुर्घटनाबारे विस्तृत जानकारी आउँन बाँकी छ । एभरेस्ट दैनिक बाट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तस्विर : मनिष खड्काकाे फेसबुकबाट