महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुनसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राहदानी नं. एम ४१६४८३४ बोकेका फैजन खान, के ९९७२१२३ नं. का एदिल र एस २३१०८९० नम्बरको राहदानी बोकेका सैद मोहमद खसिफ छन् ।

विमानस्थलका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट २/२ वटा कोटको बटम आकारको सुन फेला पारिएको थियो ।उनीहरुले जीब्रोमुनि लुकाएर सुन कटाउन खोजेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बरामदपछि तोलिँदा ५ सय ५९ ग्राम सुन रहेको खुलेको थियो ।उनीहरूले एयर अरबियाको फ्लाइट नम्बर जी ९५३९ बाट यूएर्इको सारजाहबाट त्यो सुन ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका ३ जनालार्इ आवश्यक कारबाहीका लागि विमानस्थलको भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।