सहबान अन्सारी नवलपरासीको बैदौलीमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । प्रतापपुर गाँउपालिका वडा नं. ५ झुलनीपुर त्रिबेणी सडक खण्ड अन्तर्गत बैदाैलीमा बेलुकी झुलनीपुर देखी प्रतापपुर तर्फ जादै गरेको भारतीय नम्बर भएको यु.पी.३२ सि.सि. १२१४ नम्बर भएका माेटरसाइकलले साईकल यात्रीलाई पछाडी बाट ठक्कर दिदाँ सो दुर्घटना भएको हो।

घाईते भएका मोटरसाईकल चालक भारतको महराजगंज छितौना बस्ने २६ बर्षिय अजय तिवारीलाई टाउकोमा गम्भीर चोट लागेको छ । तिवारीको अवस्था गम्भीर रहेको छ भने अर्को साईकल चालकहरू प्रतापपुर गाउपालिका वडा न.८ बस्ने १८ बर्षिय रामसुरत यादव सोही गाउका १७ बर्षिय सुरज गुप्ता सामान्य घाइते भएका छन घाइतेहरूलाई उपचारको लागि सहिद स्मृति समुदाईक अस्पताल चौपता पठाईएको शसस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीले जनाएको छ । सवारी साधन सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।