तामिल फिल्म उद्योगकी चर्चित अभिनेत्री प्रियंका देशपाण्डेले आत्महत्या गरेकी छिन्।

प्रियंकाले वालासारावक्कमस्थित आफ्नै घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। बुधबार विहान प्रियंकाकी सहयोगी घर पुग्दा प्रियंका पंखामा झुण्डिएको देखेकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रियंका अहिले तामिल टिभी शो वासमसमा ज्योतिको भूमिकामा थिइन्। यो टेलिफिल्ममा उनी बाहुबलीकी अभिनेत्री रम्या कृष्षननका साथमा देखिएकी छन्।

उनले पारिवारिक कारणले आत्महत्या गरेको अनुमान गरिएको छ। प्रियंकाको विवाह भएको तीन वर्ष वितेपनि बच्चा नभएको कारण पारिवारिक समस्या रहेको समाचारहरुमा उल्लेख गरिएको छ।