डा.गोविन्द केसीलार्इ जबर्जस्ती उठाएर हेलिकाेप्टरबाट काठमाडाैं लैजान जुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारीलार्इ विद्यार्थी समूहले राेकेकाे छ।
उनीहरूजबर्जस्ती डा.केसी अनसनस्थलमा प्रवेश गर्न खाेजेपछि विद्यार्थीले अवराेध गरेका छन्। विद्यार्थीकाे अवराेधपछि प्रदेश मुख्यमन्त्री र गृहमन्त्रीले वार्ता गर्न भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशकलार्इ सिडिअाे कार्यालय पुर्याएका छन्। १९ दिनदेखि अनसन बसिरहेका डा.केसीलाई सरकारले हेलिकाेप्टरबाट जबर्जस्ती काठमाडाैं ल्याउन खाेजेपछि स्थिति असहज बनेकाे हाे।
सरकारकाे जबर्जस्तीविरूद्ध सयौं विद्यार्थी र स्थानीय विराेधमा उत्रिएका छन्। विद्यार्थीले प्रतिष्ठानको गेटबाट प्रहरी प्रवेश गर्न नदिन सांग्लो बनाएर बसिरहेका छन्। मेडिकल टिमसहित नेपाली सेनाकाे हेलिकाेप्टर भगवती दल गणमा स्ट्यान्डबाइ राखिएकाे छ।










