३ साउन – जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाण्डु आउन राजी भएका छन् । प्रहरीले उनका समर्थकहरुमाथि लाठी चार्ज गरेपछि उनी काठमाण्डु आउन तयार भएका हुन् ।
सरकारले केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि हेलिकप्टरसहित सरकारी टोलीलाई जुम्ला पठाएको थियो । तर, केसीका समर्थकहरुले सरकारी टोली र प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितलाई अस्पताल प्रवेशमा रोक लगाइएको थियो ।
त्यहाँ केसीका समर्थकहरुले मानव साङ्लो बनाएर सरकारी अधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए । त्यही क्रममा प्रहरी र केसी समर्थकबीच झडप भएको थियो ।










