३ साउन – जुम्लामा २० दिनदेखि, अनसनरत डा. गोविन्द केसीले सरकारी हेलिकोप्टरमा आफू काठमाण्डु नर्फकने अडान राखेका छन् ।
सरकारी टोली हेलिकोप्टर लिएर जुम्ला पुगेको सरकारी टोलीसँग आफू नर्फकने बरु आफै जाने उनले बताएका छन् । ‘उहाँ अहिलेसम्म सरकारी हेलिकोप्टरमा नर्फकने अडानमा हुनुहुन्छ । सरकारसँग झुकेर जान्न भन्नुभएको छ’ केसीका सहयोगी डा. विषद दाहालले भने ।
केसीले जुम्लामा सरकारले आफ्ना समर्थकमाथि धरपकड गरेकाले त्यसलाई रोक्न पनि काठमाण्डु जाने बताएका छन् । ‘यहाँ नरसंहार रोक्नका लागि पनि म काठमाण्डु जान्छु’ डा. केसीको भनाइ उधृत गर्दै दाहालले भने ।










