प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनशनरत डा. गोविन्द केसीको अनशनमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले केसीलाई आफ्नो खुसीले की कसैको दबाबमा अनशन बस्न भएको भन्दै प्रश्न तेर्साएका हुन् ।
आज पोखरा विश्वविद्यालयको १९ औं सदनलाई सम्बोधन गर्दै ओलीले सोधेका छन्, ‘आफ्नो खुशीले अनशनमा बसिरहनु भएको छ कि उहाँ पराधिन हुनुहुन्छ ? सरकारले उनको जाँचका लागि पठाएको डाक्टरहरुलाई उहाँले छेउ पर्न दिनु भएको छैन । राजनीतिका लागि उहाँको जीवनसँग खेलवाड गर्नुहुँदैन ।’
केसीको अनशनमा आफ्नो रोटी सेक्न खोजेको आरोप लगाउँदै ओलीले थप प्रश्न गरे, ‘अहिलेको आन्दोलनको स्थिति के कारणले उत्पन्न भयो ?’
उनले आन्दोलन नै सोख हो भने कसैको केही नलाग्ने बताए । ‘मन नपरेको पार्टीले जित्यो होला, मन नपरेको मान्छे प्रधानमन्त्री भयो होला, त म नेकपाको मात्र होइन,’ प्रम ओलीले भने, ‘सबैको प्रधानमन्त्री हुँ । देशको प्रधानमन्त्री हुँ ।’ काठमाडौं टुडे बाट










