डा. गोविन्द केसीको पक्षमा जुम्लामा हिंसात्मक प्रदर्शन भइरहँदा डा. केसीलाई प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाहिर निकालेको छ। केसीलाई अहिले नेपाली सेनाको गणतर्फ लगिंदैछ। त्यहाँ रहेको सेनाको एमआई १७ हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको छ।
हेलिकाेप्टरसँगै सेनाकाे चिकित्सक टाेली समेत रहेकाे छ। डा. केसीका साथमा उनका सहयोगी विशद दाहाल पनि सेनाको हेलिकप्टरम्ट काठमाडौं आउँदैछन्। उनलाई काठमाडौं ल्याउनका सेनाको हेलिकप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो।
डा केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास र ल्याउन नदिने स्थानीय तथा विद्यार्थीको अवरोधका बीच कर्णाली अस्पतालतको वातावरण तनावग्रस्त भएको थियो। अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा केसी काठमाडौं जान तयार भएका थिए। उनलाई स्थानीयले माला लगाएर बिदा गरेका छन्।नेपाल खबर










