मोरङ– विराटनगरको नेवेल अस्पतालमा अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी गर्न बिरामीका आफन्तहरुले लाठिसहित प्रदर्शन गरेका छन् । बिहिबार नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारीसहित प्रदर्शन गरेका हुन् ।

बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । यसैबीच नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंशिक मात्र प्रभाव देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नोबेल शिक्षण अस्पताल, विराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हेर्नुहोस् भिडियो

रातो पाटी बाट