काठमाडौँ । किशोरावस्थाको वेला यौनबारे सोच्नु र जिज्ञासा हुनु स्वभाविक हो । कतिपय अवस्थामा यस्ता सोचहरुका कारण उनीहरु गलत बाटो पनि अपनाईरहेका हुन्छन् ।

नेपाल जस्तो विकासोन्मुख देशमा कानुनी रुपमा मान्यता नपाए पनि किशोरावस्था मै विवाह हुने र बच्चा जन्माउने सामान्य जस्तै मानिन्छ । तर, विकसित मुलुकहरुमा यस्तो दरमा उल्लेखनिय परिवर्तन आएको एक सर्वेक्षणले देखाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्रिटिसको एक गर्भावस्था सल्लाहकार सेवा (विपिएएस)का अनुसार यो अध्ययनबाट सन् २००७ देखि बेलायतमा किशोरी गर्भावस्थाहरुमा भारी गिरावट आएको मान्न सकिन्छ ।

सर्भेमा भाग लिएकाहरु मध्ये दुई तिहाई किशोरीहरुले आफूहरु कहिल्यै सेक्समा भाग नलिएको बताएका छन् भने २४ प्रतिशत किशोरीहरुले आफूहरुले रक्सी समेत पिउने नगरेको बताएका छन् ।

विपिएएसले वर्तमान किशोरावस्थाका पिढीहरु अत्यन्तै समझदार देखिएका र उनीहरु आफ्नो अध्ययनप्रति केन्द्रित रहेका बताएको छ । उसले विशेषगरी किशोरीहरुले आफ्नो भविष्यबारे धेरै सोच्ने गरेको र किशोरावस्थामा हुनसक्ने गर्भावस्थाबाट जोगिन चाहिरहेको उल्लेख गरेको छ ।

सर्भेमा भाग लिएका मध्ये ८० प्रतिशतले आफ्नो परीक्षाको राम्रो तयारी गरेको र उनीहरुले रोजेको भविष्यको विषयलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् जबकी ६८ प्रतिशतले आफूहरुलाई आफ्ना साथीहरुसँग समय बिताउन मन लाग्ने बताएका थिए ।

युवापिढीहरु विशेषगरी आफ्नो समय आफ्नो परिवारसँग बिताउन चाहान्छन् । कतिपयले काम र पढाईका कारण आफ्ना साथीहरुसँग बिताउने समय निकाल्न चुनौति रहेको समेत बताएका छन् ।

तर, किशोरावस्था पिढीका दैनिक डायरीहरुमा लेखिएको कुरालाई आधार मान्ने हो भने उनीहरुले औषतमा दिनको कम्तिमा ५ घण्टा सामाजिक सञ्जाल तथा अनलाईनमा बिताउने गरेका छन् ।

एक चौथाई भन्दा कमले आफ्ना साथीहरुसँग अनलाईनमा बसेर कुरा गर्ने गरेको बताएका छन् । यस्तोमा उनीहरु प्रायः भिडियो कल गर्ने गरेको बताएका छन् । तिनीहरु मध्ये ७० प्रतिशतले हप्तामा ४ वा सो भन्दा बढि पटक यसरी आफ्ना साथीहरुसँग कनेक्सन हुने गरेको बताएका छन् ।

युवा अवस्थाका मानिसहरु जो नियमित रुपमा आफ्ना साथीहरुसँग प्रत्यक्ष सम्पर्कमा आईरहन्छन् उनीहरुमा यौनीक सक्रियता बढी हुने खोजकर्ताहरुको भनाई छ ।

पछिल्लो दश वर्षमा बेलायतमा किशोरावस्थामा गर्भवती हुने दर ५० प्रतिशत भन्दा बढीले बटेको छ । सन् १९६९ मा १५ देखि १७ वर्ष उमेरमा यस्तो दर ४७ प्रति हजार थियो भने यो दर घटेर सन् २०१६ मा १८.९ रहेको छ ।

किशोरावस्थामा गर्भवती हुने पाँच जना मध्ये चार जनालाई उनीहरुका घर परिवारमा सहयोग नगर्ने समेत सर्भेक्षणमा देखिएको छ ।

सर्भेक्षणमा धेरैले यौन सम्पर्कका बेला गर्भनिरोधक साधन प्रयोग गर्ने गरेको पाईयो भने झण्डै १४ प्रतिशतले कहिल्यै प्रयोग नगरेको बताएका छन् । –एजेन्सीको सहयोगमा