तानसेन नगरपालिका–४ सिल्खानटोलस्थित एक होटलबाट सात जुवाडेलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

जुवा खेलिरहेको स्थानबाट १ लाख १५ हजार ६ सय ९५ रुपैयाँ नगदसहित सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नियन्त्रणमा लिएकाहरु तानसेन नगरपालिका–११ का वडा सदस्य चुराबहादुर गोदार, तानसेन–४ का कृष्ण थापा, सोही स्थानका गणेश कुवर, तानसेन–३ का सुशील कुँवर, तानसेन–२ का टेकनाथ न्यौपाने, तानसेन–४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका, ६ का शिव जिसी छन्।

जुवा खेलिरहेको विशेष सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा मार्दा सेन्चुरी हट रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। प्रहरीले शुक्रबार उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता हुने जनाएको छ।