काठमाडौ । त्रिभुवन शिक्षण अस्पतालका निर्देशक डा दीपक महराले पदबाट र राजीनामा दिनुभएको छ । निर्देशक डा महराले पारिवारीक कारणले पदबाट राजीनामा दिएको बताउनु भएको छ ।
डा गोविन्द के.सीको अनशन चलिरहेको बेला पद छाेड्नु भएका निर्देशक महराले त्यसबारे कुनै सम्बन्ध नभएको उल्लेख गर्नुभएको छ । ‘डा के.सीको माग र आन्दोलनप्रति गोरुको दाम्लो बेचेको पनि सम्बन्ध छैन’ उहाँले भन्नुभयो ।










