सिरहा – सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसीबी गाडीको भ्याट बिलबिना नै भुक्तानीको लागि कागजपत्र तयार पार्न भनेको नमानेका कारण नगरपालिकाका जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादवमाथि बिहीबार वेलुका कुटपीट गरेका हुन् ।

चार दिनअघि काठमाडौंबाट बिक्रेता कम्पनीले पठाइदिएको जेसीबी मेसिनको भुक्तानीको लाग बिल भर्पाई मिलाउन मेयर गंगा पासवालले दबाब दिएपछि आफूले भ्याट बिलबिना यसको काजगपत्र मिलाउन नसकिने बताएपछि आफूमाथि आक्रमण गरेको यादवले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सामान आइसकेको छ, डिलरले भ्याट बिल पठाइहाल्छ, भ्याट बिल आएपछि निकासाको लागि प्रकृया अगाडि बढाउँला’ भन्दाभन्दै मेयरले निकासाको लागि कागजपत्र मिलाउन दबाब दिएपछि विवाद बढ्दै जाँदा आक्रमण गरेको बताउनुभयो । उहाँले भननुभयो, ‘प्रशासकीय पमुख रमेशकुमार दास र मेयर पासवानसँगै आएर केही हुँदैन मिउनुस् भनेर दबाब दिए, मैले नमानेपछि मेयरले हातपात गर्न थालिहाल्नुभयो, मैले पनि प्रतिरोध गरेँ ।’

यादवले आफू न्यायको लागि अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा आएको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला प्रमुख, समन्वय समितिका अध्यक्षलाई आफूमाथि भएको कुटपीट र दुरव्र्यवहारको विषयमा जानकारी गराएको छु, अब के गर्नुहुन्छ त्यो पर्खँदै छु ।’

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले कर्मचारीले आफूमाथि कुटपीट गरेको सूचना प्राप्त भएको बताउनुभयो । प्रजिअ पण्डितले भन्नुभयो, ‘ती कर्मचारीलाई कार्यालयमा भेट्न आउन बोलाएको छु, उहाँ आएपछि नै सबै कुरा थाहा हुनेछ ।’

जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरले मौखिक जानकारी गराएको भन्दै यस विषयमा राम्रोसँग बुझ्न नपाएको जनाउनुभयो । घटनाबारे बुझेपछि मात्र के गर्ने भन्ने विषमा छलफल गरिने पनि उहाँले बताउनुभयो, ‘मैले के हो राम्रोसँग बुझ्न पाएको छैन । उहाँलाई मैले अफिसमै आउनु भनेर बोलाएको छु, डिटेलमा बुझ्दैछु ।’

यस विषयमा मेयर गंगा पासवानसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । प्रमुख प्रशासकीय अधिकृत मोबाइलको स्विच अफ् गरेर सम्पर्कविहीन भएका छन् । प्रशासकीय अधिकृत दास पछिल्लो १५ दिनदेखि कार्यालयमा समेत उपस्थित नभएको समेत स्थानीयले जनाएका छन् । उज्यालोबाट