काठमाडौं– २१ दिनदेनि अनशनरत डा गोविन्द केसीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

डा केसीलाई भेटेपछि देउवाले केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको वताएका छन्। भेटपछि उनले भने ‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ, तर डाकेसीको पछाडि हामी लाखौ छौं।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देउवाले वार्ता गरेर डा केसीको माग पुरा गर्न सरकारसँग आग्रह गरेका छन्। साथै. केसीको जीवनरक्षाका लागि पनि आग्रह गरेका छन्।

देउवाले भेटेको केहि समयपछि कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले पनि केसीलाई भेटेका छन्।

त्यस्तै राजपा नेताहरुले पनि शुक्रबार डा केसीलाई भेटेका छन्।