काठमाडौं,४ साउन - चिकित्सा शिक्षा र सेवा सुधार मागको नाममा अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको पटक पटकको अनसनका कारण अस्पतालले अहिलेसम्म ४१ करोड रुपैयाँ भन्दा बढी रकम गुमाएको खुलेको छ । उनले अहिलेसम्म टिचिङ अस्पतालमा १ सय ६५ दिन अनसन बसेका छन । त्रिबि शिक्षण अस्पतालका अनुसार प्रतिदिन २५ लाखका दरले आम्दानी हुने गरेको छ । यसअनुसर केसीको अन्दोलनबाट ४१ करोड २५ लाख रुपैया गुमेको छ । यसमाथि डाक्टर केसीको अनसनको लागि चाहिने खर्चसमेत अस्पतालबाटै हुने गरेको छ । डाक्टर केसीले २०६९ साल असार २१ गतेबाट अनसन शुरु गरेका हुन । त्यसयता उनले अहिलेसम्म १ सय ८६ दिन अनसन बसेका छन् । जसमध्ये २० दिन जुम्लामा अनसन बसेका हुन् । बाँकी १ सय ६५ दिन डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालमा रोजेका छन । हिजोबाट केसी सोही अस्पतालमा अनसन बसेक छन ।
अस्पतालमा कुनै प्रकारको आन्दोलन गर्न नपाँइने भएपनि डाक्टर केसीले त्रिबिको नियम र अनुशासन मन्दिन भन्दै आफू अनसन बस्ने र एप्रोन लगाएर अफ्ना बिद्यार्थीलाई अस्पतालभित्र जुलुस लगाउन लगाई बिरामीको स्लाइन थुत्न लगाउनेसम्मको काम गर्दै आएका छन । अस्पताल स्रोतले दिएको जानकारी अनुसार त्रिविले दैनिक विरामीलाई सेवा दिएवापत्त २५ लाख रुपैया संकलन गर्दै आएको छ । केसीको अनसनले अस्पताल नै धरासायी बनेको छ । ‘डाक्टर केसीको आन्दोलन त्रिबि शिक्षण अस्पताललाई निकै महंगो सावित भएको छ, उहाँ आफू अस्पतालको कुनै नियम मान्नुहुन्न, उहाँको आदेश राणाकालिन चन्द्र शमशेरको जसरी सवैले मान्नुपर्छ,’ अस्पतालका एक चिकित्सकले भने ।
उनका अनुसार केसीको हाडजोर्नी बिभागमा अहिले पनि बिरामीले शल्यक्रियाका लागि कम्तीमा ६ महिना कुर्नुपर्छ । सो बिभागमा काम नगर्ने, अन्य चिकित्सकलाई समेत काम गर्न नदिने भएको कारण हाडजोर्नी बिभागका अधिकांश बिरामी महंगो मुल्य तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन । ‘मेडिकल मफियाको स्वार्थमा डाक्टर केसीले आफ्नै अस्पताल बर्वाद बनाए, उनको समर्थकले एक पटक डाक्टर केसीले सेवा दिने हाडजोर्नी बिभाग हेर्दा सवै जानकारी हुन्छ,’ ती चिकित्सकले भने, ‘नेपालका गरिब जनताले स्वास्थ्य सुविधा पाउने अस्पताललाई बर्बाद बनाए ।’
चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको लागि गठित केदारभक्त माथेमा अयोगका सदस्य समेत रहेका डा। भगवान कोइरालाले पनि केसीका कारण आफु त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट राजिनामा दिएर हिड्नु परेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन । डाक्टर केसीका समर्थकले स्लाइन समेत थुतेर फाल्ने, अस्पताललाई अराजक भीड बनाउने अपराध भएपछि आफू मन थाम्न नसकी हिडेको कोइरालाको भनाई छ । डाक्टर केसीले अनसन थालेपछि सरकार परिवर्तन लगत्तै आफ्नो अनसनको ब्यापार अघि बढाएका हुन ।
२०६९ आषाढ २१ गते देखि अनसन शुरु गरेका डा। केसीले पहिलो र दोस्रो अनसन डा। बाबुराम भट्टराई, तेस्रो र चौथो अनसन खिलराज रेग्मी, पाचौं, छैटौं र सातौं अनसन शुशिल कोइराला, आठौं अनसन केपी शर्मा ओली, नवौं र दशौं अनसन पुष्पकमल दाहाल, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनसन शेरबहादुर देउवा गरी सबै प्रधानमन्त्रीको पालामा बसिसकेका छन् । अनसन बस्नु उनको लहड हो । विगतमा डा। केसीलाई अनसन बसाएर नेपालमा अस्थिरता सृजना गर्दै नेपालका विद्यार्थीहरुलाई विदेश पठाएर कमिशन खान पल्केका गिरोह आज डा। केसीको माध्यमबाट सत्ता पल्टाउन सकिन्छ कि भनेर चलखेल गर्दैछन् , चक्रपथ बाट साभार










