काठमाडौं : शुक्रबार आएको हावाहुरीले बुढानिलकण्ठ – ४ चप्पल कारखाना नजिक रुख ढल्दा सडक अवरुद्ध भएको छ । दिउँसो २ बजेतिर आएको हावाहुरीले सडकमा धेरै रुख ढलेका छन् । हावाहुरीले रुख ढल्दा स्थानीय मनिप्रसाद राईको घरमा समेत क्षति भएको छ । राईको सोलार प्यानल, पर्खालमा क्षति भएको छ ।

रुख ढलेर घरमा क्षति हुँदा समेत प्रहरी नआएको पीडित राईले गुनासो गरेका छन् । ‘हावाहुरी आएर रुख ढलेर घरमा यत्रो क्षति भएको छ तर अहिलेसम्म न प्रहरी आउँछ, न महानगर नै, गुनासो पोख्दै ८९ वर्षीय वृद्ध राई भन्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड