नेपाली मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले एक विज्ञप्ती जारी गरेर तथ्यहिन कुराहरु बोलेको भन्दै मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कारबाही गर्न सरकार समक्ष माग गरेको छ । एशोसिएशनका अध्यक्ष नविन यादवको हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ, झापा स्थित बि एण्ड सिका सञ्चालक दुर्गा प्रसाईले मिडियामा बंगलादेशमा पढ्न गएका र पढेर आएका नेपाली चेली विद्यार्थीहरुलाई लक्षित गर्दै दिनु भएको अभिव्यक्तिको बिरोध गर्दछौं ।

विज्ञप्तीमा भनिएको छ,‘यस्ता अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत हजारौं चेलीहरुलाई चोट परेको छ, वास्तविकता नबुझि मनगढन्ते तरिकाले आएका प्रसाईका अभिव्यक्ति प्रति आपत्ति प्रटक गर्दै सम्बन्धित निकायको ध्यानाकार्षण गर्दै सरकार समक्ष कारबाहीको लागि जोडदार माग गर्दछौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेडिकल सञ्चाल प्रसाईले केही समय पहिले सार्वजनिक रुपमा बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली केटीहरु ९ वर्षसम्म बस्छन्, त्यहाँ उनीहरु लुटिन्छन्, प्रोफेसरहरुले मर्डन गरेर राखेका हुन्छन्, अनशनरत डा.गोविन्द केसी बंगलादेशमा अनशन बसेर एमबिबिएस पास भएका हुन जस्ता विवादस्पद अभिव्यक्ति दिएका थिए । रिपोटर्स नेपाल बाट