काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन विश्व विद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताले शनिबार कालोझण्डा देखाउने प्रयासको आरोपमा नेविसंघ त्रिभुवन विश्व विद्यालयका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न गम्भीरता नदेखाएको, दुई तिहाईको नाममा अधिनायकवाद चरित्र प्रदर्शन गर्न खोजेको लगायतका आरोप लगाउँदै नेविसंघका कार्यकर्ताले शनिबार प्रधानमन्त्रीविरुद्ध कालोझण्डा देखाउने प्रयास गरेका थिए । त्यसैक्रममा प्रहरीले लाठीचार्ज गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीको लाठीचार्जबाट घाइते भएका योगेन्द्र रावलको कीर्तिपुर हस्पिटलमा उपचार भइरहेको छ ।

पक्राउ परेका अन्यलाई प्रहरीले महानगरिय प्रहरी वृत्त कीर्तिपुरमा राखेको छ । उज्यालो अनलाइन बाट