अनसनरत डाक्टर गोविन्द केसीका समर्थकले तीन जना मन्त्रीको गाडीमा तोडफोड गरेका छन् । प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रीहरुको गाडीमा तोडफोड गरिएको हो ।

प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ ३७६३, प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाहको बा १ झ ७२३४, र गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनको ग १ झ २७६ नम्बरको गाडीमा तोडफोड भएको छ । गाडीको अगाडिको भागको सिसमा क्षती पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागी हुन आएका उनीहरु नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा गाडी रोकेर बसेकोमा माइतीघरतबाट नयाँ वानेश्वरतर्फ अघि बढेका केसी समर्थक तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका हुन् ।

तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर इन्द्रेणी फुडल्याण्डकै बा ११ च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । फुडल्याण्डको सिसा फुटेको छ भने एक जना कर्मचारी समेत घाइते भएका छन् ।

डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा तरुण पनि सहभागी भएको छ । पछिल्लो समय केसीका पक्षमा गरिएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।

दैनिक नेपाल बाट