५ साउन/झापाको कमल गाउँँपालिकामा रहेर सामाजिक क्षेत्रमा सक्रिय लायन्स क्लव अफ लखनपुरको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय फूलवारी होटलमा एक कार्यक्रमबीच सन् २०१८÷१९ को नयाँ नेतृत्वलाइ पुरानो नेतृत्वले पद हस्ताण्तरण गरेको हो ।
लायन्सका जोन चियर पर्सन प्रहर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा निर्वतमान अध्यक्ष धर्मानन्द भट्टराईले वर्ष २०१८÷१९ का अध्यक्ष प्रमोदकुमार दाहाललाई अध्यक्ष गंगेवल, टेवल हस्तान्तरण गरेका थिए ।
त्यस्तै,निर्वतमान सहसचिव एकराज प्याकुरेलले सचिव हेमसागर कँडेललाई र सहकोषाध्यक्ष मुकुन्द कंडेलले कोषाध्यक्ष राजु खड्कालाई आ–आफनो पद बुझाएका थिए ।
त्यस्तै, सहकोषाध्यक्ष कंडेलले आफनो कार्यकालको आयव्यय समेत प्रस्तुत गरेका थिए । सोहि अवसरमा क्लवमा आवद्धता हुने नयाँ सदस्यहरुलाई समेत स्वागत गरिएको थियो । हाल क्लवमा नयाँ १० सहित ३६ जना सदस्य रहेको लायन्सका पदाधिकारी ज्ञानु पौड्यालले बताएकाछन् ।











