दमक/ डा. गोबिन्द केसीको अनसन र उनले उठाएका मागहरुको समर्थनमा झापाको दमकमा नेपाली काँग्रेसले समर्थन गर्दै र्याली निकालेको छ । नेपाली काँग्रेसको केन्द्रको निर्देशनमा दमकमा समेत शनिबार र्याली निकालेको हो ।

बिभिन्न प्लेकार्ड सहित र्यालीले बजार परिक्रममा गरेको थियो । र्यालीमा पार्टीका क्षेत्रिय र नगर नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, नगर अध्यक्ष रोशन बिष्ठ, नेता शेरबहादुर भट्टराइ लगायतको र्यालीमा रहेका थिए । केहि दिन यता दमक चोकमा भएको प्रर्दशनमा समेत काँग्रेसका स्थानीय नेताहरु सहभागि हुदै आएकाछन् ।