काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । नयाँ बानेश्वरमा डा. गोविन्द केसी समर्थक (तरुण दल) र प्रहरीबीच झडप भएपछि देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा. गोविन्द केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिएका थिए ।

यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि देउवाले दिए ।

शनिबार साँझ कांग्रेस मुख्यसचिवद्धारा हस्ताक्षरित एक विज्ञप्तिमा नयाँ वानेश्वरमा आज नेपाल तरुण दलको प्रदर्शनमाथि अधिनायकवाद उन्मुख सरकारको अन्धाधुन्ध आक्रमणको लगतै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सोझै बालुवाटार पुगेका उल्लेख गरिएको छ । रातो पाटी बाट