काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको बिषय भएको बताएका छन् ।

आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कलियुगको आदित्य ज्योतिष पथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोत विना ज्ञान आफैं आश्चर्यजनक भएको बताएका छन् । आदित्यको दार्शनिक श्रृंखला,चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने प्रधानमन्त्री ओलीले बताए ।

आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनु पर्ने प्रधानमन्त्री ओलीको भनाई छ । ‘आदित्यको शारिरीक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि सरकारले सहयोग गर्न तयार छ ।’ रातो पाटी बाट