राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बिएण्डसी अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाई बिरुद्ध प्रहरीमा उजुरी दिनु पर्ने बताएकी छन । अन्सारीले सामाजिक सञ्चाल ट्वीटर मार्फत बंगलादेशमा अध्ययन गरिरहेका बिद्यार्थीका अभिभावकले प्रसाई बिरुद्ध प्रहरीमा उजुरी दर्ता गराउनु पर्ने उल्लेख गरेकी छन ।
अन्सारीले आफ्नो ट्वीटरमा लेखेकी छन–‘बंगलादेश पढ्न गएका हरेक अभिभावकले प्रहरीमा उजुरीदर्ता गराउनुपर्छ र यो ब्यक्तिलाई पनि कारवाही हुनुपर्छ ।’ अन्सारीले ट्वीटमा अगाडी लेखेकी छन–‘आफ्नो स्वार्थको लागि कुनै महिलालाई अपमानित गर्ने अधिकार यिनलाई कसले दियो ?’
बिएण्डसी सञ्चालक प्रसाईले शुक्रबार सार्वजनिक अभिब्यक्ति दिंदै बंगलादेशमा पढ्न गएका छात्राहरुलाई त्याहाँका प्राद्यापकहरुले यौन शोषण गर्छन भनेका थिए । प्रसाईको यो अभिब्यक्ति प्रति नेपाली मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले समेत आपत्ती प्रकट गर्दै शुक्रबार नै विज्ञप्ती जारी गरि तथ्यहिन कुराहरु बोलेको भन्दै कारबाही गर्न सरकार समक्ष माग गरेको छ ।झापा टाइम्स











