झापा । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडाका ३२ वर्षीय जीवन न्यौपानेको मृत्यु गएको हो।

गौरीगञ्जबाट घरतर्फ फर्कँदै गर्दा उनी सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल राति साढे ८ बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै मृत्यु गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।