दमक/आन्तरिक तथा बाह्य पर्यटकहरुलाइ लक्षित गरेर सम्भाब्यता अध्ययनका लागि प्रोफेसनल होलिडे काठमण्डौको टोलीले पुर्वमा बिभिन्न संघसंस्थाका प्रमुखहरुसंग छलफल अगाडि बढाएको छ ।

पर्यटकीय रुपमा बिदेश जाँदा ठगिनेहरुको संख्या धेरै रहेको जनाउदै यस बिषयमा परामर्श र आवश्यक सहयोग गर्ने गरिएको होलिडेका चेयरमेन प्रकाश खड्काले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खड्काको नेतृत्व कार्यकारी प्रमुख बिज्ञान खड्का, निर्देशक रुद्र गौतम सहितको टोलीले झापाको दमकमा छलफल गरेको हो । साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि इलामको समेत भ्रमण गरिएको होलिडेजका कार्यकारी प्रमुख (सिइओ) बिज्ञान खड्कालले बताएकाछन् ।

युरोप लगायतका देशहरुमा भ्रमणमा जानेहरुका लागि आफुहरुले सबै प्रकारको सहयोग गर्ने खड्काको भनाइ रहेको छ । यसले जो कोहि ठगिनबाट बच्ने उनको भनाइ छ ।

यसैगरी दुबइमा आउदो डिसेम्बरमा हुने लायन्सहरुको अन्तराष्ट्रिय सम्मेलन इसामेमा सहभागि हुनेहरुका लागि समेत यसै होलिडेजले मध्यस्थता सहित सहज रुपमा त्यहाँ पुग्ने बातबरण तयार गरिरहेको निर्देशक रुद्रं गौतमले बताए ।