प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरु पञ्चायत, राणा र राजासँग लडेर आएकोले कम्युनिष्टहरुले एकदलीय अधिनयावाद लाद्न खोजेकोले उनीहरुका विरुद्धमा पनि लड्ने उद्धघोष गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा आईतबार पार्टीले आयोजना गरेको विचार विमर्श कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले एकलौटी रुपमा विरोध गर्न पाउने अधिकारलाई बन्देज लगाउँदै निषेधित क्षेत्र घोषणा गरेकोमा पनि आपत्ति जनाए ।

कम्युनिष्टहरु जनताकका विरोधी हुन्छन् भनेर विपीले त्यतिवेला नै भनेको कुरा आज आएर पुष्टि भएको उनको भनाई छ । उनले भने, “तथाकथित निषेधित क्षेत्र घोषणा गरेर जनताको अधिकार कुण्ठित गर्ने काम किन्चित पनि स्विकार्य हुँदैन, कम्युनिष्टहरुको कदमबाट स्पष्ट हुन्छ कि उनीहरुले एकदलीय तानाशाही सर्वसत्तावाद शासन स्थापित् गर्न खोजेको हुन।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले आज बोल्न नदिने, जुलुश गर्न नदिने भोलि लेख्न नदिने बताउँदै उनले भने, “त्यसकारण यीनीहरु सच्चा मानेमा प्रजातन्त्रवादी हुँदै होईनन्, यो सब कम्युनिष्ट शासनमात्रै होईन कि एकदलीय कम्युनिष्ट पार्टीको सर्वसत्तावादी शासन स्थापना गर्न खोजिरहेका छन् ।”

चिकित्सा शिक्षा अध्यादेश विद्येयकको रुपमा नआएसम्म आफूहरुको विरोध जारी रहने उनको चेतावनी छ ।