संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै स्थानीय निकायका लागि आवश्यक दरबन्दी स्विकृत गरिसकेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राष्ट्रसेवक कर्मचारीलाई पद र दरबन्दीअनुसार समायोजन गरेर तीन वटै तहमा खटाउने बताए ।

साउनभित्र सबै निकायको कार्यालयको संगठनिक प्रक्रिया पूरा गरिने उनले बताए । सबै ठाउँमा कर्मचारी जानैपर्ने भन्दै उनले राष्ट्रको सेवा गर्नुबाहेक अरु कुरा मान्य नहुने पण्डितले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“सबै ठाउँमा कर्मचारी जान्छन् । जानै पर्छ । नगै हुँदैन । काम गर्नैपर्छ । राष्ट्रसेवक भएपछि राष्ट्रको सेवा गर्नुबाहेक अरु कुनै विकल्प छैन ।” पण्डितले भने ।

सरकारले पठाएको ठाउँमा काम गर्न नचाहनेहरुलाई घर पठाइने पण्डितले बताए । “भनेको ठाउँमा जान नचाहने कर्मचारी घर गए हुन्छ । अर्को विकल्प हुँदैन । सुनुवाई पनि हुँदैन ।”

राष्ट्रसेवक कर्मचारीले सरकारलाई सहयोग गर्नुबाहेक अर्को विकल्प नुहने उनले बताए ।