काठमाडौं । प्रधानमन्त्री के.पी ओलीले नेपालमा फिल्म सिटी तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिनुभएको छ । आफूलाई भेट्न आएका एस्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिज्ञ अमर सिंह तथा वरिष्ठ सिने कलाकार जयाप्रदालाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभएको हो ।

भारतीय समूह फिल्म सिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको छ । अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको बताउनुभयो । उहाँले ती ठाउँबारे प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य शुरु भइसकेको बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चन्द्राले आउँदो नोभेम्वर–डिसेम्वरमाजीसिने अवार्ड समारोहको आयोजना काठमाडौमै गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणा समेत गर्नुभएको छ । भेटघाटमा प्रधानमन्त्री ओलीले जीसिने अर्वाड समारोहकै अघिपछि पारेर काठमाडौमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणा गर्नुभयो । नेपाली कलाकारहरुको उपस्थितिमा भएको भेटघाटमा प्रधानमन्त्रीले जयाप्रदाले नेपाल भारत सम्बन्धका लागि साँस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

वरिष्ठ भारतीय राजनीतिकर्मी तथा राज्य सभा सदस्यअमर सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल, सुखी नेपालीको ध्येयलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्र भारत पनि सुखी र खुशी हुन सक्ने धारणा व्यक्त गर्नुभयो । भेटघाटका अवसरमा नेपालकावरिष्ठ सिने कलाकार नीर शाहले नेपालीफिल्मउधोगको समग्र अवस्थाको जानकारी प्रस्तुतगर्दै भारतमा नेपालीभाषीहरुको ठूलो जनसंख्या रहे पनिविभिन्न कारणले गर्दा नेपाली फिल्मको प्रदर्शन हुन नसकिरहेको बताउनु भयो ।

भेटघाटमा चन्द्राले सोलुखुम्वूमा आफूले निर्माण गरेको १ सय ४० मेघावाटको जलविधुत आयोजना बाँकी रहेको चालीस प्रतिशत काम सम्पन्न भएपछि प्रधानमन्त्री ओलीमार्फत नेपाललाई हस्तान्तरण गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । यसैगरी चन्द्राले आफ्नो तर्फबाट पशुपतिमन्दिर परिसरमा सिसी क्यामेरा र सौर्य बत्ती जडान गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।