त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आएको तस्करीको २ किलो ६ सय ८० ग्राम सुनसहित दुर्इ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भएका राहदानी नम्बर एन ४६१७८९० वाहक ३१ वर्षीय ईम्रान र भारत उत्तर प्रदेश घर भएका २१ वर्षीय राहदानी नम्बर जेड ४१७४१०७ वाहक अरीफ अली छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरू थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौँ आएका खुलेको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले आफ्नो शरीरभित्र लुकाइछिपाई सुन ल्याएका थिए । तर, विमानस्थलको एराईभल गेटमा पक्राउ परे । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।