दमक,६ साउन÷/वीपी कोइरालाको स्मृति दिवसका अवसर पारेर आइतबार झापा, दमकका पत्रकारहरुले विरामीलाई फलफूल बाढे्का छन् । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले दमकको आम्दा अस्पताल, दमक अस्पताल र एडभान्स अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरि दिवस मनाएको हो । ती अस्पतालमा उपचाररत १२५ जना विरामीहरुलाई स्याउ,केरा,विस्कुट र जुस वितरण गरिएको यूनियनका अध्यक्ष विष्णु सुब्बाले जानकारी दिए ।

झापाका अग्रज पत्रकार तथा पूर्वसन्देस दैनिकका सम्पादक गञ्जवहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको फलफूल वितरण दमकको आम्दा अस्पतालबाट शुभारम्भ गरि दमक अस्पताल हुदै एडभान्स अस्पतालमा आएर समापन गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फलफूल वितरण शुभारम्भ आयोजित कार्यक्रममा प्रमुख अतिथि पत्रकार दाहाल, आम्दा अस्पतालका मेडिकल सुपरिडेन्टेड डाक्टर नविन ढकाल,पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाललगायतले नेपालका राजनीतिज्ञ स्व. वीपी कोइरालाको स्मरण गरेका थिए । पत्रकार दाहालले वीपी नेपालका सामाजिक क्रान्तिका अथक योद्धा भएको चर्चा गरे । वीपीले देखाएको मार्गमा देश अघि बढ्ेको भए देशले आजको जस्तो र्दुदशा भोग्नु नपर्ने उनको भनाई थियो ।

त्यस अवसरमा अस्पतालका प्रशासकीय अधिकृत भिम धमला, पत्रकार महासंघ प्रदेश सदस्य विमल लामिछाने, यूनियनका जिल्ला सचिव गिरीराज भट्टराई,यूनियनकी क्षेत्रीय कोषाध्यक्ष कुसुम तामाङ,चलचित्र उद्यमी चैतन्य बराललगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यूनियनले गतवर्ष समेत समेत वीपी स्मृति दिवसका दिन दमकका दुई वटा अस्पतालमा फलफूल वितरण गरेको थियो ।