प्रदेश नम्बर १ को आज बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । २३ दिनदेखि अनशनरत डा। गोविन्द केसीका माग पुरा गर्न भन्दै कांग्रेसले संसद बैठकमा अवरोध गरेको हो ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद लोकप्रसाद संग्रौलाले सरकारले केसीका माग विनाशर्त पुरा गर्नुपर्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सरकार गैरजिम्म्मेवार बन्दै केसीका माग सुनुवाइ नगर्नु गलत भएको जिकिर गरे ।

त्यसपछि नेकपाका प्रमुख सचेतक बुद्धिराज भण्डारीले संसद अवरुद्ध गर्नु युक्तिसंगत नभएको बताउँदै संसद सुचार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । तर कांग्रेस सांसदहरुले बैठकमा उठेर अवरोध गरिरहेपछि सभामुखले साउन १० गतेसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।