सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिमा पनि १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ।

न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी गरी प्रारम्भिक खाका तयार गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्यन कार्ययोजनाका लागि ७ वटा प्रदेशका सामाजिक सुरक्षामन्त्रीहरुसँग सुझाव लिन आइतबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा मुलकुभरका ७ सय ५३ स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालन गरिने बताए।