पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपति दर्शन गरेकी छन् । शाह वर्षको पहिलो साउने सोमबारका दिन छोरा हृदयेन्द्र र जेठी छोरीसहित दर्शनका लागि पशुपति पुगेकी हुन् ।

केही सहयोगीसहित पशुपति पुगेकी उनले झण्डै आधा घण्टा मन्दिर परिसरमा बिताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रफुल्ल मुद्रामा देखिएकी शाह परिसरमा देखिएका दर्शनार्थी तथा शुभेच्छुकलाई मन्द मुस्कानसहित अभिवादन गर्दै मन्दिर तर्फ अघि बढेकी थिइन् । फर्कंदा पनि उस्तै मुस्कानका साथ शुभेच्छुकलाई अभिवादन गरिन् र गाडी चढेर फर्किइन् ।

पति पारससँग उनको सम्बन्ध सुमधुर छैन । र, पनि उनी उस्तै उमंगका साथ सार्वजनिक समारोह तथा कार्यक्रमहरुमा देखिने गरेकी छन् ।

पूर्वराज परिवार धर्म–बढी विश्वास गर्नेमा गनिन्छन् । परिवारका अन्य सदस्यजस्तै हिमानीले पनि पूजा–आजामा समय बिताउने गरेकी छन् ।